Find Your Dream Job

144 jobs found (Fresher)

PESWAN (Preservation of Environment and Social Welfare Association of Nepal)

दुग्ध संकलन केन्द्र स्थापनाका लागी आवश्यक सामाग्री खरीद सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

PESWAN (Preservation of Environment and Social Welfare Association of Nepal)

KanchanpurFresherContract

दुग्ध संकलन केन्द्र स्थापनाका लागी आवश्यक सामाग्री खरीद सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना। प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०२/०३ गते डार्विन इनिसेटिभको आर्थिक सहयोगमा रोयल सोसाइटी फर प्रोटेक्सन अफ बर्ड, रिनेबल वर्ल्ड र पंक्षी संरक्षण नेपालको प्रविधिक सहयोग तथा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (PESWAN) द्वारा कन्चनपुरको बेदकोट नगरपालिका र बेल्डाँडी गाउपालिका मा संचालित VCP परिेयोजना को लागि दुग्ध संकलन सामाग्रीहरू खरिद गर्नु पर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि आह्वान गरिन्छ । खरिद गर्नुपर्ने सामग्रीहरूको विवरण र परिमाणहरू को विस्तृत जानकारी रहेको TOR, thepeswan@gmail.com इमेल ठेगानामा सम्पर्क गरि प्राप्त गर्न सकिने छ । दरभाउ पत्र पेश गर्ने प्रक्रिया उपरोक्त बमोजिमको दरभाउ पत्र सिलबन्दी खाममा परियोजनाको नाम र पेश गरिएको दरभाउ पत्र फारम नं (शिर्षक) ह रू स्पष्ठ लेखी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात् २०८३ जेठ १८ गते तदनुसार ०१ जुन, २०२६  वेलुका ५:०० बजे भित्र VCP परिेयोजना कार्यालय, शुक्लाफाटा नगरपालिका वडा नं. १०, झलारी, कन्चनपुर वा पेशवान केन्द्रिय कार्यालय, भिमदत्त नगरपालिका वडा नं. १८, कटान, कन्चनपुर मा सिधै वा हुलाक/कुरियर मार्फत बुझाउन सकिने छ । नोटः सेवा प्रदायक कम्पनी, फर्म वा आपूर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार माथि उल्लेखित पेशवान संस्था द्धारा गठन गरिएको खरिद समितिमा रहनेछ । LINK: ToR_VCP Project Procurement 1

Social Development Forum (SDF) Banke

Request for Quotation (RFQ) for IT equipment

Social Development Forum (SDF) Banke

BankeFresherContract

   Request for Quotation (RFQ) Quotation for  IT equipment Social Development Forum (SDF) is a non-profitable organization established in 1997, determined to reduce discrimination in the terms of caste, ethnicity, gender, age and religion. SDF is registered in District Administration Office, Banke, Social Welfare Council and NGO Federation. The organization has also worked in Dailekh, Kalikot of Karnali Province and now it is working in Banke district of Lumbini Province. SDF Banke has been implementing the HATEMALO Project in Janaki and Narainapur Rural Municipalities of Banke District in partnership with World Vision International Nepal. Therefore, SDF Banke hereby invites sealed quotations from interested and qualified suppliers/firms with relevant experience for the supply of LCD Projector, Wireless Microphone, and related items . Interested, qualified and experienced suppliers are requested to submit a quotation with  company registration, VAT certificate and recent year tax clearance certificate along with other signed and stamp documents as mentioned in annex through the email address: hr@sdfbanke.org.np converted in PDF file with password protected within 21 May 2026 or directly Social Development Forum, Banke project Site Office: Nepalgunj sub-metropolitan city - 18, Karkadochowk, Banke. Note: SDF reserves the right to accept or reject applicants without assigning any reasons. Telephone calls will not be entertained. Link: Annex 2 : Supplier Registration Annex 3 : Quotation LEC & Wireless Mic Annex 3 :  Code of Conduct

National Farmers Group Federation Nepal (NFGF Nepal)

फिल्ड सुपरभाइजर (Field Supervisor)

National Farmers Group Federation Nepal (NFGF Nepal)

SirahaFresherContract

कर्मचारी आवश्यकता सम्बन्धी सूचना (पूनः प्रकाशित) मिति २०८३ जेठ, ३ गते राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । महासंघले जलवायुमैत्री गाउँ नेपाल परियोजना (Climate Smart Village Nepal Project) सँग सम्बन्धित गतिविधिहरू मार्फत लक्षित वर्गको पोषणमा पहुँच साथै जलवायुमैत्री जीविकोपार्जनमा टेवा  पुर्याउने उद्देश्यले केएर नेपालसँगको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय सिरहा एवं सम्बन्धित पालिकाहरुमा रही तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले तपसिलमा उल्लेखित ठेगानामा ८ जेठ, २०८३ सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा  पेश गर्न हुन अनुरोध गरिन्छ। पद पद  संख्या शैक्षिक योग्यता आवश्यक अनुभव फिल्ड सुपरभाइजर (Field Supervisor) १ (एक) जे.टी. वा जे.टी.ए. उत्तीर्ण जलवायुमैत्री गाउँ, जलवायुमैत्री प्रविधि, जलवायुमैत्री गाउँसँग सम्बन्धित गतिविधिहरूमा अनुभव भएको । कृषक पाठशाला सञ्चालन गर्न सक्ने अनुभव भएको । कृषक समह, लक्षित समुदायहरूलाई परिचालन गर्न सक्ने अनुभव भएको । स्थानीय सरकार र अन्य सम्बन्धित सरोकारवालाहरूसँग समन्वय र सहकार्यको  अनुभव भएको । साना किसान, भमिहिन किसान, लक्षित समुदाय, जलवायुमैत्री गाउँ अभ्यास, पर्यावरणीय कृषि, पोषण बगैचा, व्यवहार परिवर्तन, स्वच्छ उत्पादन, उपभोगमा लैङ्गिक मूलप्रवाहिकरण गर्ने सम्बन्धित गतिविधि सहजिकरण गर्ने ज्ञान र सीप भएको । अधिकारमा आधारित अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतामा सघन बुझाई र अनुभव भएको । स्थानीय उत्पादनमा सहजिकरण, विविधिकृत उत्पादन एवं  उत्पादनको बजारीकरणबारे ज्ञान भएको सरोकारवालाहरू विच प्रभावकारी सञ्चार सीप साथै सामाजिक सञ्जालको प्रभावकारी उपयोग साथै कृषि एप्सहरू (प्रविधि) प्रयोग गरि सहजिकरण गर्न सक्ने सीप भएको । कार्यकम सम्पादन प्रतिवेदन लेखन, लैङ्गिक खण्डीकृत तथ्यांक संकलन, घटना अध्ययन लेखन, प्रभाव मुल्याङ्कन सीप भएको । GESI and Safeguarding संवेदनशीलता प्रति ज्ञान भएको । गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि कृषि प्राविधिक भई समुदाय परिचालनको जिम्मेवारीमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको । महिला, दलित,  सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ । निवेदन पेश गर्दा अपेक्षित तलब समेत उल्लेख गर्नुपर्नेछ । छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ । यौन शोषण, दुर्व्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ । दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू रितपूर्वकको निवेदन, बायोडाटा, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रहरूको प्रतिलिपि दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ । दरखास्त बुझाउने अन्तिम मितिः ८ जेठ, २०८३ सम्म छनौट विधीः लिखित र मौखिक पदपूर्ति समिति राष्ट्रिय कृषक समूह महासंघ नेपाल,