1 job found for "Working for Access and Creation Nepal (WAC Nepal) Achham" • Contract
Working for Access and Creation Nepal (WAC Nepal) Achham
कोटेशन आह्वान सम्बन्धी सूचना प्रकाशन मिति: २०८३ जेष्ठ ०१ गते (15 May 2026) Working for Access and Creation Nepal (WAC Nepal), अछामद्वारा संचालित विभिन्न परियोजनाका लागि आवश्यक बोट बिरुवाहरू आपूर्ति तथा ढुवानी गर्न योग्य आपूर्तिकर्ता/फर्महरूबाट तपशिल बमोजिमको सर्तको अधिनमा रहने गरि कोटेशन आह्वान गरिन्छ । सर्तहरू: १. कोटेशन माग फारम न १ अन्तर्गत विभिन्न बोट बिरुवाहरू अनुसुची १ अनुसार अर्थात : मेल्लेख गाउपलिका वडा न १ देखि ८ सम्म, साँफेबगर ४, कमलबजार २, ३, ४ र ५ र पंचदेवल विनायक १, २, ३, ४, ६ र ७ सम्म दुवानी गर्नु पर्ने छ भने कोटेशन माग फारम न २ अन्तर्गत विभिन्न बोट बिरुवाहरू चौरपाटी गाउपालिका वडा न ४ र ७ सम्म ढुवानी गरि दिनु पर्ने छ २. आवश्यक कागजातहरू इच्छुक आपूर्तिकर्ता/फर्मले देहायका कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछः फर्म दर्ता तथा नवीकरण प्रमाणपत्र स्थायी लेखा नम्बर (VAT/PAN) दर्ता प्रमाणपत्र आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र ३. कोटेशन माग फारम प्राप्त गर्ने तरिका उल्लेखित लिंक बाट Quotation Form No 1: click here to download Quotation Form No 2: click here to download वा प्रत्यक्ष: WAC Nepal कार्यालय, साफेबगर नगरपालिका–४, अछाम (जनकल्याण विद्यालय नजिक) ४. कोटेशन पेश गर्ने तरिका इमेलमार्फत कोटेशन पेश गर्न चाहने आपूर्तिकर्ताले procurement@wac.org.np मार्फत Password Protected गरेर पेश गर्नु पर्ने छ वा WAC Nepal कार्यालय, साफेबगर–४, अछाम प्रत्यक्ष पेश गर्न पनि सकिने छ । पेश गर्ने अन्तिम मिति: २०८३ जेष्ठ ७ गते, (21 May 2026) ढिलो प्राप्त कोटेशनहरू स्वीकार गरिने छैनन् । ५. कोटेशन खोल्ने मिति मिति: २०८३ जेष्ठ ८ गते (22 May 2026) समय: दिउँसो १२:०० बजे स्थान: WAC Nepal कार्यालय, अछाम (इच्छुक आपुर्तिकर्ताका प्रतिनिधि उपस्थित हुन सक्नेछन्।) ६. आपूर्ति सम्बन्धी शर्तहरू ढुवानी सुरक्षित र उचित प्याकिङ सहित हुनुपर्नेछ। कुनै वा सबै बोलपत्र स्वीकृत/अस्वीकृत गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुनेछ । थप जानकारिको लागि Working for Access and Creation Nepal (WAC Nepal) साफेबगर नगरपालिका–४, अछाम जनकल्याण विद्यालय नजिक फोन: ०९७–६२५०३२/9848719261/9801701378