← Back to jobs
Working for Access and Creation Nepal (WAC Nepal) Achham

कोटेशन आह्वान सम्बन्धी सूचना

Working for Access and Creation Nepal (WAC Nepal) Achham

AchhamFresherContract

Job Description

कोटेशन आह्वान सम्बन्धी सूचना प्रकाशन मिति: २०८३ जेष्ठ ०१ गते (15 May 2026) Working for Access and Creation Nepal (WAC Nepal), अछामद्वारा संचालित विभिन्न परियोजनाका लागि आवश्यक बोट बिरुवाहरू आपूर्ति तथा ढुवानी  गर्न योग्य आपूर्तिकर्ता/फर्महरूबाट तपशिल बमोजिमको सर्तको अधिनमा रहने गरि कोटेशन आह्वान गरिन्छ । सर्तहरू: १. कोटेशन माग फारम न १ अन्तर्गत विभिन्न बोट बिरुवाहरू अनुसुची १ अनुसार अर्थात : मेल्लेख गाउपलिका वडा न १ देखि ८ सम्म, साँफेबगर ४, कमलबजार २, ३, ४ र ५ र पंचदेवल विनायक १, २, ३, ४, ६ र ७ सम्म दुवानी गर्नु पर्ने छ भने कोटेशन माग फारम न २ अन्तर्गत विभिन्न बोट बिरुवाहरू चौरपाटी गाउपालिका वडा न ४ र ७ सम्म ढुवानी गरि दिनु पर्ने छ २. आवश्यक कागजातहरू इच्छुक आपूर्तिकर्ता/फर्मले देहायका कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछः फर्म दर्ता तथा नवीकरण प्रमाणपत्र स्थायी लेखा नम्बर (VAT/PAN) दर्ता प्रमाणपत्र आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र ३. कोटेशन माग फारम प्राप्त गर्ने तरिका उल्लेखित लिंक बाट Quotation Form No 1: click here to download Quotation Form No 2: click here to download वा प्रत्यक्ष: WAC Nepal कार्यालय, साफेबगर नगरपालिका–४, अछाम (जनकल्याण विद्यालय नजिक) ४. कोटेशन पेश गर्ने तरिका इमेलमार्फत कोटेशन पेश गर्न चाहने आपूर्तिकर्ताले procurement@wac.org.np मार्फत Password Protected गरेर पेश गर्नु पर्ने छ  वा WAC Nepal कार्यालय, साफेबगर–४, अछाम प्रत्यक्ष पेश गर्न पनि सकिने छ । पेश गर्ने अन्तिम मिति: २०८३ जेष्ठ ७ गते,  (21 May 2026) ढिलो प्राप्त कोटेशनहरू स्वीकार गरिने छैनन् । ५. कोटेशन खोल्ने मिति मिति: २०८३ जेष्ठ ८ गते (22 May 2026) समय: दिउँसो १२:०० बजे स्थान: WAC Nepal कार्यालय, अछाम (इच्छुक आपुर्तिकर्ताका प्रतिनिधि उपस्थित हुन सक्नेछन्।) ६. आपूर्ति सम्बन्धी शर्तहरू ढुवानी सुरक्षित र उचित प्याकिङ सहित हुनुपर्नेछ। कुनै वा सबै बोलपत्र स्वीकृत/अस्वीकृत गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुनेछ । थप जानकारिको लागि Working for Access and Creation Nepal (WAC Nepal) साफेबगर नगरपालिका–४, अछाम जनकल्याण विद्यालय नजिक फोन: ०९७–६२५०३२/9848719261/9801701378