Find Your Dream Job

2 jobs found for "Rural Development Centre Nepal" (Fresher)

RD

शिलबन्दी बोलपत्र आह्वानको सूचना

Rural Development Centre Nepal

RautahatFresherContract

ग्रामीण विकास केन्द्र नेपाल, रौतहट शिलबन्दी बोलपत्र आह्वानको सूचना प्रथम पटक प्रकाशित मिति २०८३/०१/२७ गते RDC नेपाल , रौतहट  वि.सं. २०५९ मा विधिवत दर्ता भएको एक गैर-सरकारी तथा गैर-मुनाफा संस्था हो। गरिबीमुक्त, आर्थिक र सामाजिक रूपमा सशक्त, मौलिक अधिकार तथा मर्यादाप्रति सचेत समुदायको परिकल्पना गर्दै, यस संस्थाले मधेश प्रदेशका विपन्न, समस्यामा र जोखिममा परेका जनता, विशेषगरी सीमान्तकृत समुदाय, महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाको जीवनस्तर दिगो बनाउन सहयोग पुर्याउँदै आएको छ । परियोजना: Islamic Relief Canada को आर्थिक सहयोग तथा ईस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोगमा ग्रामीण बिकास केन्द्र नेपालको सहजीकरणमा सञ्चालित "लैंगिक हिँसा न्यूनीकरण-GARVA" परियोजना अन्तर्गत रौतहट जिल्लाको राजपुर र चन्द्रपुर नगरपालिकामा सञ्चालनमा रहेको छ । बोलपत्र आह्वानको उद्देश्य: उक्त परियोजनाका लागि प्रस्ताव गरिएको ८२ ओटा  चापाकल जडान  र २१ ओटा स्नान घर (Bathing Cubicle ) निर्माण गर्नु पर्ने भएकोले  इजाजत प्राप्त इच्छुक निर्माण सेवाहरुबाट रितपूर्वक शिलवन्दी बोलपत्र   पेश गर्न आह्वान गरिन्छ । कोटेसन सम्बन्धी जानकारी (Quotation Information) विवरण जानकारी प्रयोजन रौतहट जिल्लाको राजपुर र चन्द्रपुर नगरपालिकाको बिभिन्न वार्डहरुको खानेपानीको लागि चापाकल जडान र स्नान घर ( Bathing Cubicle) को निर्माण बोलपत्र नम्बर RDCN-TN-17-081/82 चापाकल र स्नान घरको संख्या ८२ चपाकल र २१ स्नान घर परियोजना स्थान रौतहट जिल्लाको राजपुर वार्ड नम्बर १,२,३,४,५,६,७,८ र ९  र चन्द्रपुर नगरपालिका वार्ड नम्बर ७,८,९ बोलपत्र पेश गर्ने अन्तिम मिति मिति २०८३/०२/०७   गते दिउसो ०४:०० बजेभित्र प्रि बिड मिटिंग २०८३ /०१/३०  गते दिनको १ बजे देखि बोलपत्र खोल्ने मिति र समय प्राबिधिक प्रस्तावना- मिति २०८३/०२/०८    गते दिउसो ०२:०० बजे आर्थिक प्रस्तावना- मिति २०८३/०२ /०८ गते बिहान ०४:०० बजे देखि (मिति हेरफेर भए आपूर्तिकर्ताहरुलाई सोहि बमोजिम खबर गरिनेछ l बोलपत्र पेश गर्ने प्रक्रिया र शर्तहरुः १. फारम प्राप्ति र आवश्यक कागजात: इच्छुक तथा योग्य निर्माण कम्पनिले संस्थाको कार्यालयबाट अथवा तल उल्लेखित ईमेल मार्फत आवस्यक कागजात मांग  गर्न सक्नुहुनेछ । २. बोलपत्र   पेश गर्ने विधि: क) बोलपत्र फारम रितपूर्वक भरी, प्रत्येक पानामा आपूर्तिकर्ताको आधिकारिक हस्ताक्षर र फर्मको छाप अनिवार्य रूपमा लगाइएको हुनुपर्नेछ । ख) आर्थिक र प्राबिधिक बोलपत्रलाई छुट्टाछुट्टै खाममा राखेर लाहा छाप (Wax Seal) सहित शिलबन्दी गरी खाम बाहिर आर्थिक प्रस्तावना वा प्राबिधिक प्रस्तावना के हो सो विवरण लेखि, दुवै खामलाई एउटा तेस्रो ठूलो खाममा लाहा छाप लगाई शिलबन्दी गरी बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर र फर्मको छाप स्पष्टसँग उल्लेख गरिएको हुनुपर्नेछ। ग) बोलपत्र हार्डकपी मार्फत तल उल्लेखित संस्थाको गौर स्थित शाखा कार्यालयमा बुझाउनु पर्नेछ । विद्युतीय माध्यम (Online/Email) मार्फत बोलपत्र पेश गर्नु परेमा छुटा छुटै पासवर्डले लक गरेको प्राबिधिक र वित्तीय प्रस्तावना फाइल उल्लेखित इमेल मार्फत पेस गर्न सकिनेछ l अनलाईन मार्फत आएका बोलपत्र PDF भर्सनमा हुने पर्नेछ l बोलपत्र खोल्ने समय यस संस्थाका खरिद समितिले सम्बन्धित बोलपत्र दाता संग पासवर्ड मांगी सो फाईल खोल्नेछ l यसै सुचना र प्राबिधिक प्रस्तावनामा समेत उल्लेख भएको मिति र समयमा अनलाईन बोलपत्रदाताहरु सम्पर्कमा बस्नु पर्ने हुन्छ l निर्धारित समयमा बोलपत्रदाताले पासवर्ड उपलब्ध नगराएमा पनि बाकि बोलपत्रहरु खोल्न बाधा पर्ने छैन l निर्धारित समयमा पासवर्ड प्राप्त नभएको बोलपत्रहरु खारेज भएको मानिनेछ l ४. सार्वजनिक बिदा: बोलपत्र फारम प्राप्त गर्ने वा पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा, सोको लगत्तै कार्यालय खुलेको दिन सोही समयमा बुझाउन/प्राप्त गर्न सकिनेछ । ५. बोलपत्र खोल्ने प्रक्रिया: बोलपत्रहरू तोकिएको मिति र समयमा आपूर्तिकर्ता वा निजको आधिकारिक प्रतिनिधिको भौतिक  उपस्थितिमा खोलिनेछ । तोकिएको मिति र समयमा बोलपत्रदाता अनुपस्थित भए तापनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तोकिएको समयमा बोलपत्र खोल्न नसकिए सो सम्बन्धमा आवेदकहरुलाई  सुचना गरि नया मिति बारे जानकारी गराईन्छ l ६. अधिकार सुरक्षित र अनुपालन: क) बोलपत्रहरूलाई प्राविधिक तथा आर्थिक मूल्यांकनको आधारमा स्वीकार वा अस्वीकार गर्ने वा कारण उल्लेख गरी वा नगरी यो सूचना नै रद्द गर्ने सम्पूर्ण अधिकार यस संस्थाको  खरिद समितिमा सुरक्षित रहनेछ । ख) रितपूर्वक नभरिएको, आवश्यक कागजात संलग्न नभएको वा म्याद गुज्रिएर प्राप्त भएको बोलपत्र स्वतः रद्द मानिनेछ । ग) बोलपत्र तयारी तथा पेश गर्न लाग्ने सम्पूर्ण खर्च बोलपत्रदाता स्वयंले व्यहोर्नुपर्नेछ । घ) यस सूचनामा उल्लेख गरिएका शर्तहरूका अतिरिक्त अन्य आवश्यक प्रक्रियाहरू यस संस्थाको खरिद नियमावली तथा नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । ७. बैंक ग्यारेन्टी क.) बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५%  BID Security बापत Bank Guarantee यस कार्यालयको नाममा जारि भएको पत्र पेश गर्नुपर्ने छ ।  Bank Guarantee का कागजात वित्तीय प्रस्तावना संग राख्नु पर्ने छ । ग्रामीण विकास केन्द्र नेपाल मुख्य कार्यालयः चन्द्रपुर ०४, पैनी टोल, रौतहट शाखा कार्यालयः गौर ०५, क्यामपस रोड, रौतहट फोन.नं. ०५५–५४०२०३, ५२०२४०, Email: procurement@rdcnepal.org गुनासो तथा सुझाबको लागि सम्पर्क नम्बर: आर डी सी नेपाल: १८१०५००००९६, complaint@rdcnepal.org इस्लामिक रिलिफ नेपाल ९८०१५७२४००, complaints@irworldwide.org

RD

शिलबन्दी कोटेशन आह्वानको सूचना: Medical Equipment and Furniture Furnishing

Rural Development Centre Nepal

RautahatFresherContract

 ग्रामीण विकास केन्द्र नेपाल, रौतहट शिलबन्दी कोटेशन आह्वानको सूचना दोस्रो पटक प्रकाशित मिति २०८३/०१/२९ गते ग्रामीण विकास केन्द्र नेपाल रौतहट र वर्ल्ड भिजन इन्टरनेसनल नेपा ल ले आर्थिक तथा प्राविधिक सहयोगमा IPF Shield सञ्चालित परियोजना अन्तर्गत Medical Equipment and Furniture Furnishingको सामानहरू खरिद गर्नुपर्ने भएको हुदा ईच्छुक आपुर्तीकताबाट रीतपुर्वक शिलबन्दी कोटेशन आह्वान गरिन्छ । कोटेशन सूचना नम्बर वस्तु तथा सेवाको विवरण कोटेशन पेश गर्ने तरिका RDC/RFQ/2025-026/17 Medical Equipment संस्थामा स्वयम् उपस्थित भई अथवा संस्थाको इमेलमा समेत पासवर्ड राखी पेश गर्न सकिनेछ । RDC/RFQ/2025-026/18 Furniture and Furnishing नोटः माथि उल्लेखित ताकिएको सबै सामाग्रीहरूको दररेट भ्याट सहित ढुवानी सहित पेश गर्नुपर्नेछ । १. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ०७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताहरू/फर्महरूले तल दिएका लिंक बाट डाउनलोड वा संस्थामा उपस्थित भइ बोलपत्र माग गर्न सकिनेछ । पेश गर्नुपर्ने क. फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ । ख. मूल्य अभिबृद्धि कर (VAT) को प्रमाण पत्रको प्रतिलिपि । ग. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.ब.२०८१/०८२)। घ. हस्ताक्षर र छाप गरिएको ग्रामीण विकास केन्द्र नेपालको Suppliers code of conduct र Supplier Registration form। शर्तहरू कोटेशनमा शिलबन्दी सहित नच्यातिएको खाम बाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ । कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी, बाल सुरक्षा निती  तथा अन्य कागजातहरू (कोटेशन सँगै फरमेट उपलब्ध गराइनेछ) प्रत्येक पानामा सही छाप सहित शिलबन्दी गरी संस्थाको चन्द्रपुर स्थित कार्यालयमा स्वयम् उपस्थिति मिति २०८३/०२/०५ गते दिनको ५:०० बजे भित्र बुझाउन सकिनेछ । ग्रामीण विकास केन्द्र नेपालले कोटेशनमा पेश भएको दररेट अनुसार १ वर्ष अवधिका लागि सम्झौता गर्न लागिएको हुदा सोहि अनुसार दररेट पेश गर्नुपर्नेछ । कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कोटेशनमा उल्लेखित सामाग्रि पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने, कोटेशन स्वीकार गर्ने नगर्ने, खरिद प्रकृया छनौट गर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहने छ । कोटेशन दाताका प्रतिनिधीहरुको उपस्थितिमा संस्थाको कार्यालयमा २०८३/०२/०६ गते ११:०० बजे कोटेशन खोलिनेछ । कोटेशन दाताले आफ्ना प्रतिनिधी उपस्थित नगराएको खण्डमा संस्थाले आफ्नो प्रकृया अनुसार कोटेशन खोली प्रकृया अगाडी बढाउन सक्नेछ । शिलबन्दी कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको खरिद शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ । Links: RFQ-Medical Equipment RFQ- Furniture and Furnishing Annex-3-Supplier Registration Form General English Code of Conduct_RDC Nepal ग्रामीण विकास केन्द्र नेपाल, चन्द्रपुर ०४, रौतहट फोन.नं.०५५–५४०२०३, Email: procurement@rdcnepal.org