1 job found for "Women Association for Marginalized Women (WAM) Surkhet" • Part Time
Women Association for Marginalized Women (WAM) Surkhet
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेत वीरेन्द्रनगर–८ सुर्खेत कर्मचारी (मेन्टर) आवश्यकता सम्बन्धी सूचना प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०२/३१ (१४ मेई २०२६) सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेत महिला अधिकारमा आधारित मुनाफारिहत गैरसरकारी संस्था हो । वाम संस्था लैङ्गिक समतामुलक समाजको निर्माण गर्ने परिकल्पनासहित २०५४ सालमा स्थापना भएको हो । ‘ पुरुषलाइ पछि पार्ने होइन हाम्रो कामना नारी पुरुष समविकास हाम्रो चाहाना ’ भन्ने मूल नाराका साथ यस संस्थाले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सिमान्तकृत वर्गको अधिकार, मानव अधिकार, विपद् व्यवस्थापन, जनवकालत, मनोविमर्श जस्ता क्षेत्रमा कार्य गरिरहेको छ । संस्थाले अक्सफाम नेपालको सहयोगमा कर्णाली प्रदेशमा कार्यान्वयन गरिरहेको Increase access to policymaking through women's empowerment परियोजना अन्तर्गत नेतृत्व र वकालत (Leadership and Advocacy) कक्षा सञ्चालन तथा सहजिकरणका लागि देहाय बमोजिमका कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरिन्छ । १. कार्यक्षेत्रः वीरेन्द्रनगर नगरपालिका सुर्खेत र नारायण नगरपालिका दैलेख २. पदः मेन्टर–आंशिक समय Part-time ३. आवश्यक संख्याः जम्मा–३ जना (वीरेन्द्रनगर नगरपालिका–२ जना र नारायण नगरपालिका–१ जना) ४. अवधिः ३ (तीन) महिनासम्म । ५. न्यूनतम शैक्षिक योग्यता तथा अनुभवः मानविकी (Humanities) संकायमा कम्तीमा प्रविणता प्रमाणपत्र उत्तीर्ण वा सो सरह उर्तिणगरेको । तालिम सहजिकरण, कक्षा सञ्चालन र वकालत कार्यमा कम्तिमा २ वर्षको कार्यअनुभव भएको । समुदाय परिचालन सम्बन्धि दक्षता भएको । स्थानीय सरकारसँग समन्वय गर्न सक्ने । तथ्यांक संकलनको अनुभव भएको । नेपालीमा प्रतिवेदन तयार पार्न सक्ने क्षमता भएको । कम्प्युटर सम्बन्धि आधारभूत ज्ञान तथा सिप भएको (MS Word, excel, PowerPoint) स्थानीयलाई प्राथमिकता दिइनेछ । ६. मेन्टरको मूख्य जिम्मेवारीहरू (Key Responsibilities) समन्वय तथा सहकार्य नेतृत्व र वकालत कक्षा सञ्चालनका लागी स्थानीय तहसँग निरन्तर समन्वय तथा सहकार्य गर्ने । परियोजा संयोजकसँग निरन्तर समन्वय तथा सहकार्य गर्ने । समुदायस्तरका अन्य संस्थासँग आवश्यक समन्वय तथा सहकार्य गर्ने । कार्यक्रम कार्यान्वयन/कक्षा सञ्चालन तथा सहजिकरण स्थानीय तहसँगको सहकार्य तथा समन्वयमा नेतृत्व र वकालतमा क्षमता अभिबृद्धि कक्षामा सहभागि हुने चाहाने व्यक्ति (महिला, युवा र किशोरी) छनोट गर्ने । परियोजा संयोजकसंग समन्वय गरि कक्षा सञ्चालन तथा कक्षामा सहभागिहरुले निर्माण गरेको योजना अनुसारका क्रियाकलापहरु कार्यान्वयनको योजना बनाउने । विषयवस्तु अनुसार कक्षा सञ्चालनको सामग्री तयार गर्न सहयोग गर्ने । नेतृत्व र वकालत कक्षालाई व्यवस्थित गर्ने । कक्षामा सहभागिहरुको निरन्तर उपस्थितीको सुनिश्चितता गर्ने । कक्षाका गतिविधिहरू र कक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्न योजना बनाउने । प्रत्येक महिनामा आयोजना हुने समिक्षा बैठकमा सक्रिय रूपमा सहभागिता जनाउने र समयमै प्रगति प्रतिवेदन पेश गर्ने । स्थानीय सरकारका पदाधिकारी तथा गैरसरकारी साझेदारहरूसँग सहकार्य गर्दै कक्षाको गतिविधिहरूको प्रभावकारीता सुनिश्चित गर्ने । कक्षाका सहभागिहरुबाट अभियानमुलक क्रियाकलाप र कार्ययोजना बनाई कार्यान्वयनका लागि सरोकारवालासँग समन्वय सहकार्य गर्ने । सुरक्षा तथा जोखिम व्यवस्थापन संस्थाका वित्तीय तथा भौतिक सम्पत्तिहरूको सुरक्षा सुनिश्चित गर्ने । संस्थाको संरक्षण (Safeguarding) तथा यौन शोषण, दुव्र्यवहार र उत्पीडन रोकथाम (PSEA) सम्बन्धी नीतिहरूको पूर्ण पालना गर्ने । सम्भावित जोखिमहरूको पहिचान गरी समयमै जानकारी गराउने । संस्थाको नीति तथा निर्देशिका अनुसार संस्थाले तोकेको अन्य जिम्मेवारीहरू पूरा गर्ने । संस्थाको विधानअनुसार जिल्ला परियोजना संयोजकबाट तोकिएका अन्य कार्यहरू सम्पादन गर्ने । ७. सेवा सुविधा संस्थाको नियमअनुसार हुनेछ । ८. उल्लेखित योग्यता पुगेका आवेदकहरुले निवेदन सहित आफ्नो CV इमेल Vacancy@wam.org.np, info@wam.org.np मार्फत अथवा यस संस्थाको केन्द्रिय कार्यालय, वीरेन्द्रनगर–८ आवास क्षेत्र सुर्खेतमा भौतिक रुपमा उपस्थित भई २०८३ जेठ ६ गते, बुधबार, कार्यालय समय ५ः०० बजे भित्र बुझाउनुपर्ने छ । (सो समयावधिपछी प्राप्त आवेदन मान्य हुनेछैन) ९. छनौटमा परेका आवेदकहरुलाई लिखित वा मौखिक परिक्षा मात्रै लागि सम्पर्क गरिनेछ । नोट: हामी (सिमान्तकृत महिलाहरुका लागि महिला संस्था) यस संस्थाभित्र समावेशीकरण र विविधताको महत्वमा दृढ विश्वास गर्दछौं । त्यसैले महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र आदिवासी समुदायका योग्य उम्मेदवारहरुलाई दृढतापूर्वक दरखास्तको लागि प्रोत्साहित गर्दै विशेष प्राथमिकतामा राख्दछौँ । यस संस्थाको मूल्यमान्यता तथा मिसनसँग मेल नखाने आचरणमा यस संस्थाको शून्य–सहिष्णुता नीति छ । त्यसैले छनौट गरिएका सबै उम्मेदवारहरुले यी मापदण्ड र सिद्धान्तहरु पालना गर्ने अपेक्षा गरिन्छ । संयोजक पदपूर्ति समिति सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) वीरेन्द्रनगर ८ सुर्खेत फोन: +९७७–०८३५२२४३७ इमेल: info@wam.org.np, wam.skt@gmail.com