Find Your Dream Job

1 job found (Fresher)Part Time

WA

कर्मचारी (मेन्टर) आवश्यकता सम्बन्धी सूचना

Women Association for Marginalized Women (WAM) Surkhet

SurkhetFresherPart Time

सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेत वीरेन्द्रनगर–८ सुर्खेत कर्मचारी (मेन्टर) आवश्यकता सम्बन्धी सूचना प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०२/३१ (१४ मेई २०२६) सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेत महिला अधिकारमा आधारित मुनाफारिहत गैरसरकारी संस्था हो । वाम संस्था लैङ्गिक समतामुलक समाजको निर्माण गर्ने परिकल्पनासहित २०५४ सालमा स्थापना भएको हो । ‘ पुरुषलाइ पछि पार्ने होइन हाम्रो कामना नारी पुरुष समविकास हाम्रो चाहाना ’ भन्ने मूल नाराका साथ यस संस्थाले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सिमान्तकृत वर्गको अधिकार, मानव अधिकार, विपद् व्यवस्थापन, जनवकालत, मनोविमर्श जस्ता क्षेत्रमा कार्य गरिरहेको छ । संस्थाले अक्सफाम नेपालको सहयोगमा कर्णाली प्रदेशमा कार्यान्वयन गरिरहेको Increase access to policymaking through women's empowerment  परियोजना अन्तर्गत नेतृत्व र वकालत (Leadership and Advocacy) कक्षा सञ्चालन तथा सहजिकरणका लागि देहाय बमोजिमका कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरिन्छ । १. कार्यक्षेत्रः वीरेन्द्रनगर नगरपालिका सुर्खेत र नारायण नगरपालिका दैलेख २. पदः मेन्टर–आंशिक समय Part-time ३. आवश्यक  संख्याः जम्मा–३ जना (वीरेन्द्रनगर नगरपालिका–२ जना र नारायण नगरपालिका–१ जना) ४. अवधिः ३ (तीन) महिनासम्म । ५. न्यूनतम शैक्षिक योग्यता तथा अनुभवः मानविकी (Humanities) संकायमा कम्तीमा प्रविणता प्रमाणपत्र उत्तीर्ण वा सो सरह उर्तिणगरेको । तालिम सहजिकरण, कक्षा सञ्चालन र वकालत कार्यमा कम्तिमा २ वर्षको कार्यअनुभव भएको । समुदाय परिचालन सम्बन्धि दक्षता भएको । स्थानीय सरकारसँग समन्वय गर्न सक्ने । तथ्यांक संकलनको अनुभव भएको । नेपालीमा प्रतिवेदन तयार पार्न सक्ने क्षमता भएको । कम्प्युटर सम्बन्धि आधारभूत ज्ञान तथा सिप भएको (MS Word, excel, PowerPoint) स्थानीयलाई प्राथमिकता दिइनेछ । ६. मेन्टरको मूख्य जिम्मेवारीहरू (Key Responsibilities) समन्वय तथा सहकार्य नेतृत्व र वकालत कक्षा सञ्चालनका लागी स्थानीय तहसँग निरन्तर समन्वय तथा सहकार्य गर्ने । परियोजा संयोजकसँग निरन्तर समन्वय तथा सहकार्य गर्ने । समुदायस्तरका अन्य संस्थासँग आवश्यक समन्वय तथा सहकार्य गर्ने । कार्यक्रम कार्यान्वयन/कक्षा सञ्चालन तथा सहजिकरण स्थानीय तहसँगको सहकार्य तथा समन्वयमा नेतृत्व र वकालतमा क्षमता अभिबृद्धि कक्षामा सहभागि हुने चाहाने व्यक्ति (महिला, युवा र किशोरी) छनोट गर्ने । परियोजा संयोजकसंग समन्वय गरि कक्षा सञ्चालन तथा कक्षामा सहभागिहरुले निर्माण गरेको योजना अनुसारका क्रियाकलापहरु कार्यान्वयनको योजना बनाउने । विषयवस्तु अनुसार कक्षा सञ्चालनको सामग्री तयार गर्न सहयोग गर्ने । नेतृत्व र वकालत कक्षालाई व्यवस्थित गर्ने । कक्षामा सहभागिहरुको निरन्तर उपस्थितीको सुनिश्चितता गर्ने । कक्षाका गतिविधिहरू र कक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्न योजना बनाउने । प्रत्येक महिनामा आयोजना हुने समिक्षा बैठकमा सक्रिय रूपमा सहभागिता जनाउने र समयमै प्रगति प्रतिवेदन पेश गर्ने । स्थानीय सरकारका पदाधिकारी तथा गैरसरकारी साझेदारहरूसँग सहकार्य गर्दै कक्षाको गतिविधिहरूको प्रभावकारीता सुनिश्चित गर्ने । कक्षाका सहभागिहरुबाट अभियानमुलक क्रियाकलाप र कार्ययोजना बनाई कार्यान्वयनका लागि सरोकारवालासँग समन्वय सहकार्य गर्ने । सुरक्षा तथा जोखिम व्यवस्थापन संस्थाका वित्तीय तथा भौतिक सम्पत्तिहरूको सुरक्षा सुनिश्चित गर्ने । संस्थाको संरक्षण (Safeguarding) तथा यौन शोषण, दुव्र्यवहार र उत्पीडन रोकथाम (PSEA) सम्बन्धी नीतिहरूको पूर्ण पालना गर्ने । सम्भावित जोखिमहरूको पहिचान गरी समयमै जानकारी गराउने । संस्थाको नीति तथा निर्देशिका अनुसार संस्थाले तोकेको अन्य जिम्मेवारीहरू पूरा गर्ने । संस्थाको विधानअनुसार जिल्ला परियोजना संयोजकबाट तोकिएका अन्य कार्यहरू सम्पादन गर्ने । ७. सेवा सुविधा संस्थाको नियमअनुसार हुनेछ । ८. उल्लेखित योग्यता पुगेका आवेदकहरुले निवेदन सहित आफ्नो CV इमेल Vacancy@wam.org.np, info@wam.org.np मार्फत अथवा यस संस्थाको केन्द्रिय कार्यालय, वीरेन्द्रनगर–८ आवास क्षेत्र सुर्खेतमा भौतिक रुपमा उपस्थित भई २०८३ जेठ ६ गते, बुधबार, कार्यालय समय ५ः०० बजे भित्र बुझाउनुपर्ने छ । (सो समयावधिपछी प्राप्त आवेदन मान्य हुनेछैन) ९. छनौटमा परेका आवेदकहरुलाई लिखित वा मौखिक परिक्षा मात्रै लागि सम्पर्क गरिनेछ । नोट: हामी (सिमान्तकृत महिलाहरुका लागि महिला संस्था) यस संस्थाभित्र समावेशीकरण र विविधताको महत्वमा दृढ विश्वास गर्दछौं । त्यसैले महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र आदिवासी समुदायका योग्य उम्मेदवारहरुलाई दृढतापूर्वक दरखास्तको लागि प्रोत्साहित गर्दै विशेष प्राथमिकतामा राख्दछौँ । यस संस्थाको मूल्यमान्यता तथा मिसनसँग मेल नखाने आचरणमा यस संस्थाको शून्य–सहिष्णुता नीति छ । त्यसैले छनौट गरिएका सबै उम्मेदवारहरुले यी मापदण्ड र सिद्धान्तहरु पालना गर्ने अपेक्षा गरिन्छ । संयोजक पदपूर्ति समिति सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) वीरेन्द्रनगर ८ सुर्खेत फोन: +९७७–०८३५२२४३७ इमेल: info@wam.org.np, wam.skt@gmail.com