1 job found for "CBM Global Nepal Country Office" • Contract
CBM Global Nepal Country Office
आशय पत्र (EOI) आह्वान सम्बन्धी सूचना सिबिएम ग्लोबल विश्वमा अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार सुनिश्चित गर्ने र उनीहरुको पूर्ण सकृयतामा क्षमता विकास गर्न सक्ने समावेशी समुदाय निर्माणमा सहयोग गर्ने एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यो संस्था सरकार, अपाङ्गता भएका व्यक्तिहरू, उनीहरुका प्रतिनिधि संस्थाहरु, तथा अन्य गैरसरकारी संस्थाहरुसँगको समन्वयमा कार्य गर्ने गर्दछ । सिबिएम नेपाल द्वारा, GIZ को साझेदारीमा सेप्टेम्बर / अक्टुबर २०२६ देखि सन्चालन हुने स्वास्थ्य प्रणालीमा लैङ्गिक समानता तथा अपाङ्गता समावेशीकरण विषयक सम्भावित परियोजना संचालनको लागि इच्छुक संस्थाहरुबाट आशय पत्र (EOI) पेश गर्नका लागि आह्वान गर्दछ। परियोजनाको स्थान; लुम्बिनि प्रदेश- प्यूठान जिल्ला झिमरुक गाउँपालिका र सुदुरपश्चिम प्रदेश- डडेलधुरा जिल्ला अलिताल गाउँपालिकामा, अलग-अलग वा दुबै स्थानमा कार्य गर्न अनुमति प्राप्त संस्थाहरुले यस प्रक्रियामा सहभागि हुन सक्नेछन्। इच्छुक संस्थाहरुले सिबिएम नेपालको ईमेल ( procurement.nepal@cbm–global.org ) मार्फत पूर्ण विवरण सहितको आशय पत्र (EOI) को ढांचा मिति २०८३/० २ /०३ गते देखी २०८३/० २ /१५ गते भित्र प्राप्त गर्न सकिन्छ । इच्छुक संस्थाहरुले मिति २०८३/० २ /१७ गते दिउसो ५ बजे भित्र सिबिएमको ईमेल ( procurement.nepal@cbm–global.org ) मा आवश्यक कागजात सहित आशय पत्र बुझाउन सूचित गरिन्छ । तोकिएको ढांचामा र समयभित्र प्राप्त आशय पत्र मात्र छनौट प्रकृयामा समावेश गरिनेछ । आशय पत्र स्वीकार गर्ने वा रद्द गर्ने अधिकार सिबिएम नेपालमा निहित रहनेछ । छनौट प्रक्रियाको क्रममा कुनै पनि तरिकाले प्रभाव पार्ने प्रयास गरेमा उक्त संस्थाको आवेदन रद्द हुनेछ ।