1 job found for "Social Awareness Center SAC Nepal" (Fresher) • Contract
Social Awareness Center SAC Nepal
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेत “शिलबन्दी टेन्डर (बोलपत्र) आह्वानको सूचना” प्रथम पटक प्रकाशित २०८३।०१।२८ गते समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत ३१ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । सेभ द चिल्ड्रेनको ,आर्थिक सहयोगमा सुर्खेत जिल्लाको वराहताल गाँउपालिकामा संचालित Improved cook Stove परियोजनाका लागि आवश्यक पर्ने सुधारिएको चुलो खरिद गर्नु पर्ने भएकोले इन्छुक फर्महरूले आवश्यक कागजात सहित शिलवन्दी टेन्डर पेश गर्न आह्वान गरिन्छ । शर्तहरू: १. सुधारिएको चुलाहरू सम्बन्धी टेन्डर आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट यहि मिति २०८३।०१।२८ देखि २०८३।०२।१७ गते ५ बजे सम्म आवश्यक कागजात सहित ( फर्म दर्ता प्रमाणपत्रका फोटोकपी, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रका फोटोकपि, आ.व.२०८१/८२ को कर चुक्ताका प्रमाणपत्रका फोटोकपि) टेण्डर पेश गर्नु पर्ने छ । २. शिलबन्दी टेन्डर पेश गर्दा आपूर्तिकताका आधिकारिक प्रतिनिधि आफै उपस्थित भइ वा हुलाक वा कुरियर मार्फत समेत पेश गन सकिनेछ । हुलाक वा कुरियर मार्फत पठाइएका शिलबन्दी टेन्डर सूचना प्रकाशित भएको मितिबाट २०८३।०२।१७ दिनका ५ बजे भित्र प्राप्त भैसक्नुपर्नेछ । साथै टेन्डर पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो दिन पनि कार्यलय संचालनमा हुने र टेन्डर पेश कुनै पनि वाधा पर्ने छैन । ३. म्याद नाघी वा रित नपुगी आएका टेन्डरउपर कुनै कारबाही हुने छैन । ४. दर्ता भएका टेन्डर पत्रहरू २०८३।०२।१८ गते दिनको ११:३० बजेमा टेन्डर पत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिन छ । टेन्डर पत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि टेन्डर खोल्न बाधा पर्ने छैन । ५. आपुर्तिकर्ताले तोकिएका स्थानसम्म सामाग्री ढुवानी गरी उपसमिति वा कर्मचारी चेकजांच भएपछि मात्र संस्थाले भुक्तानी गर्नेछ । ६. टेन्डर सम्बन्धी कुनै कुरा बुझ्न परेमा स्याम नेपालको केन्द्रिय कार्यालय वीरन्द्रनगर सुर्खेतमा सम्पर्क राख्न सकिनेछ । ७. यो सूचनामा केहि संसोधन गर्नु परेमा सो सूचना पहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ । ८. टेन्डर पेश गर्दा टेन्डरका साथमा भ्याट बाहेकको रकमको मुल्यमा कम्तीमा २.५ प्रतिशत रकमको बैक ग्यारेन्टी पेश गर्नु पर्नेछ । टेन्डर खोलिन मिति देखि गणना हुनेगरी कम्तीमा ९० दिन उल्लेख गर्नु पर्नेछ । उक्त बैक ग्यारेन्टी नेपाल राष्ट बैंकबाट “क” वर्गका इजाजत प्राप्त वाणिज्य बैंकबाट जारी गरेको सक्कल बैंक जमानत टेन्डरमा संलग्न गर्नु पर्नेछ । ९. दर्ता भएका टेन्डर स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार समाज जागरण केन्द्र (स्याक) नेपालमा सुरक्षित रहनेछ । १०. टेन्डर फारमको कभर पेज सहित ( पेज नं. १ देखि पेज नं. १५ ) सम्म फर्मको छाप तथा हस्ताक्षर अनिवार्य हुनुपर्ने छ । नभएमा टेन्डर अस्विकृत हुने छ । सुधारिएको चुलाहरूको विवरण सि.नं. सामाग्रीह रू को नाम इकाई परिमाण 1 Metal SSM X-28 Portable Stove Pcs 480 Link: Tender Form थप जानकारीका लागि समाज जागरण केन्द्र (स्याक) नेपाल, वीरेन्द्रनगर, सुर्खेत सम्पर्क नं ०८३ ५२१२८२