Find Your Dream Job

1 job found for "SOS Children's Village Jorpati" in Healthcare, Development & NGOs (Fresher)

SOS Children's Village Jorpati

गणक (Enumerator)

SOS Children's Village Jorpati

Bagmati ProvinceFresherContract

 Vacancy Announcement एसओएस बालग्राम नेपाल अन्तर्गतका कार्यक्रम तथा परियोजना क्षेत्रहरूमा “कार्यक्रम आवश्यकता अध्ययन (Programme Needs Assessment)” कार्य सम्पन्न गर्नका लागि गणकह रू (Enumerators) को आवश्यकता भएकोले तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरिन्छ । यस कार्यका लागि आवेदन दिन इच्छुक उम्मेदवारहरूले एसओएस बालग्राम जोरपाटी लाई सम्बोधन गरिएको निवेदन तथा तल उल्लेखित आवश्यक कागजातहरूसहित मिति २०८३ जेठ ११ गते (तदानुसार मे २५, २०२६) साँझ ५:०० बजेभित्र तल उल्लेख गरिएको कार्यालयमा  आवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ । पद आवश्यक संख्या शैक्षिक योग्यता आवश्यक योग्यता तथा अनुभव गणक २ कक्षा १२ उत्तिर्ण वा माथिल्लो तहमा अध्ययनरत नेपाली तथा अंग्रेजी भाषामा उत्कृष्ट सञ्चार क्षमता भएको साथै कम्प्युटर अनुप्रयोगमा दक्षता र ज्ञान भएको । फिल्डमा आधारित सर्वेक्षण कार्यको अनुभव भएको । स्थानीय भाषा बुझ्ने तथा बोल्न जान्ने । KOBO Toolbox जस्ता एन्ड्रोइडमा आधारित डाटा संकलन अनुप्रयोगहरू प्रयोग गर्न जान्ने, वा अनुभव भएको । दुर्गम क्षेत्रहरूमा यात्रा गर्न इच्छुक  उम्मेदवारलाई प्राथमिकता दिइनेछ । पारिश्रमिक तथा अन्य सुविधाहरू: फिल्ड कार्यमा परिचालित हुंने अवधिका लागि दैनिक रु. ३,००० (कर सहित) प्रदान गरिनेछ । यसमा खाना तथा बसोबास खर्च समावेश हुनेछ । सञ्चार खर्चबापत एकमुष्ट रु. ५०० प्रदान गरिनेछ । ३० दिनसम्मको दुर्घटना बीमा सुविधा एसओएस बालग्रामले सुनिश्चित गर्नेछ । स्थानीय यात्राका लागि कार्यालयको सवारी साधन वा सार्वजनिक यातायातमार्फत व्यवस्था गरिनेछ् । टाढा तथा दुर्गम क्षेत्रका लागि अतिरिक्त सुविधा उपलब्ध गराइनेछ । उमेर: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको आवेदन प्रक्रिया र संलग्न गर्नुपर्ने कागजात तथा विवरणहरू: योग्यता पुगेका, इच्छुक उम्मेदवारहरूलाई निम्न कागजातहरू संलग्न गरी आवेदन दिन अनुरोध गरिन्छ । निवेदन (Cover Letter) तथा Application Form, अद्यावधिक Curriculum Vitae (CV), शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपि (नेपाल बाहिर अध्ययन गरेको भए सम्बन्धित सरकारी निकायबाट समकक्षता प्रमाण सहित), नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर (PAN) कार्डको प्रतिलिपि, हालसालै खिँचिएको पासपोर्ट साइजको फोटो (२ प्रति), सम्पर्क ठेगाना र फोन नम्बर, आफूलाई राम्ररी चिन्ने र आफ्नो बारेमा जानकारी दिन सक्ने दुई जना व्यक्तिको नाम र फोन नम्बर । नोटः Cover Letter र Application Form सम्बन्धित टेम्प्लेटहरू www.sosnepal.org.np/notice बाट डाउनलोड गर्न सकिनेछ वा तल उल्लेखित कार्यालय ठेगानाबाट पनि प्राप्त गर्न सकिनेछ । आवेदन इमेल वा भौतिक रूपमा दुवै माध्यमबाट पेश गर्न सकिनेछ । इमेल मार्फत आवेदन पठाउँदा विषय (Subject) मा “Application for Enumerator – Programme Needs Assessment-Jorpati उल्लेख गर्नुपर्नेछ । आवेदन तोकिएको ठेगानामा मिति २०८३ जेठ ११ गते (तदानुसार मे २५, २०२६ तारिख), साँझ ५:०० बजेसम्म बुझाइसक्नु पर्नेछ । तोकिएको मिति र समयपछि प्राप्त हुने आवेदनहरू मान्य हुने छैनन् साथै, एउटै उम्मेदवारले एकभन्दा बढी पटक आवेदन पेश गरेमा आवेदन स्वतः रद्द हुनेछ । एसओएस बालग्राम जोरपाटी ठेगानाः नारायणटार जोरपाटी, गोकर्णेश्वर ६ सम्पर्क नम्बरः ०१४९१०६९१ Email address: cv.jorpati@sosnepal.org.np