← Back to jobs
DH

शिलबन्दी दरभाउपत्र

Dalit Help Society

BajhangFresherContract

Job Description

 विषय:  दरभाउपत्र सम्बन्धमा । उपरोक्त सम्बन्धमा दलित सहयोग समाजद्वारा सञ्चालित एकिकृत परियोजना अन्तर्गत विभिन्न प्ररकारका वस्तुहरू खरिद गर्नु पर्ने भएकाले Annex I अनुसारको वस्तुहरूको दरभाउपत्र माग गरिएको छ । संस्थामा कोटेशनको समयावधि भित्र पेश भएका दरभाउपत्र मध्ये तपसिल अनुसार (मापदण्ड) पुगेका विक्रेता तथा सप्लायर्सलाई १ वर्ष सम्मको लामो सम्झौताका लागि छनौट गरिने जानकारी गराउँदै यसै पत्रसाथ उपलब्ध ढाँचा ( Annex I ) मा उल्लेख भए अनुसारको दरभाउ पत्र (कोटेशन) उपलब्ध गराई सहयोग गरिदिनहुन अनुरोध गरिन्छ । विक्रेता तथा सप्लायर्स छनौटका मापदण्डहरू उपयुक्त दररेट । वस्तु तथा सेवाको गुणस्तर, वस्तु तथा सेवाको उपलब्धता । वस्तु तथा सेवा उपलब्ध गराउन सक्ने समयावधि । वस्तु तथा सेवा खरीद पछिको सेवा । बिक्रि पछिको सेवा । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आपूर्तिकता आचारसंहितमा हस्ताक्षर तथा फर्मको छाप लगाएको हुनु पर्ने । आपूर्तिकर्ताले गैर कानुनी काम संलग्न नभएको तथा कालो सूचिमा नपरेका स्वघोषण पत्र बुझाउनु पर्ने । पालना गर्नु पर्ने सर्तहरू: दर रेट प्रष्ट बुझिने गरी दरभाउपत्रलाई शिलबन्दी पेश गर्नुपर्नेछ अन्यथा खरिद समिति जवादेहि हुने छैन । कोटेशनमा मिति उल्लेख गरिएको हुनुपर्नेछ । मिति (समयावधि) नाघेका कोटेशनलाई समावेश गराईने छैन । कोटेशनमा प्रष्ट रुपमा बुझिने गरी आधिकारिक व्यक्तिको नाम र हस्ताक्षर साथै फर्मको छाप लगाएको हुनुपर्नेछ । फर्मको VAT/PAN दर्ता , करचुक्ता प्रमाणपत्र २०८२।०८३ र कम्पनिरफर्म रजिस्टर भएको प्रमाणपत्र तथा नविकरण गरिएको फोटोकपी कोटेशन सँगै बुझाउनु पर्ने छ । दरभाउपत्र मिति २०८३/०१/२२ गते देखि २०८३/०२/ ० ४ गते दिउँसो ५ बजे भित्र दलित सहयोग समाज को कार्यालयमा बुझाउनु पर्ने छ । दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेको खण्डमा सो को भोलिपल्ट दरभाउ पत्र बुझाउन सकिनेछ । सामाग्रीको गुणस्तरमा फरक परेको वा कम गुणस्तरको सामाग्रीहरू उपलब्ध गराएको खण्डमा आफूर्तिकर्ता स्वयम जवाफदेहि हुनेछ । संस्थाले  भुक्तानि गर्दा सामान प्राप्त भएको १५ दिन भित्रमा एकाउन्ट पेयी चेकबाट मात्र भुक्तानि गरिनेछ । सामग्रीहरूको सुरक्षाको जवाफदेहि दलित सहयोग समाजले प्राप्त नगरेसम्म बिक्रेता स्वयम रहनेछ । नेपाल सरकारको नियमअनुसार लाग्ने कर कट्टी गरिनेछ । कोटेशन ईमेल dhsprocurement@gmail.com मार्फत पासओड प्रोटेक्ट गरेर तथा हार्ड कपि पेश गर्न सकिनेछ । फरक फरक प्रकृतिको सामाग्रीहरूको दरभाउ पत्र छुट्टा छुट्टै पेश र्गनु पर्नेछ । थप जानकारीका लागि ०९२४२१३६७ मा सम्पर्क गर्न सकिनेछ । लिङ्कहरू: RFQ-Agri inputs RFQ-Fruits RFQ-Hardware RFQ-Iron Trust RFQ-Vetiver Self Declaration Letter_Sample Format Supplier Code of Conduct in Nepali खरीद समिती दलित सहयोग समाज चैनपूर, बझाङ्ग